काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना सिहत पत्र काटेकाे विषयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले हास्यास्पद भनेका छन् ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको समाचार सार्वजनिक भएसँगै थापाले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका हुन् ।
अध्यक्ष थापाले भनेका छन् ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ ‘स्टन्ट’ जस्तो भयो, ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबाट त्रुटि भएको भन्दै यसबाट आफू अलमलमा परेको जनाएका छन् ।
FACEBOOK COMMENTS