काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको राप्रपामा पुनर्मिलन भएको बताएका छन् । राप्रपासँग एकता भएको घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यसलाई एकता भनिए पनि यो पुनर्मिलन भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै आम जनता र कार्यकर्ताको भावना अनुसार एकता गरिएको बताउदै आफु घर फर्किएको अनुभव भएको बताए ।
उनले भने– ’आफुले रगत पसिना बगाएको घरमा फर्किदा जस्तो अनुभूति हुन्छ, आफुलाई अहिले त्यस्तै अनुभव भएको छ । २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राप्रपा रुपी घर छोडेर गएको थिए । खुशीले होइन । मन रोई रोई म एक्लै अलग भएको थिए ।
मलाई कतिले बुझेर नबुझेर आरोप पनि लगाए । गीताको कसम खाएको मान्छेले पार्टी फुटयायो । हारेर पार्टी फुटायो भन्ने आरोप लगाइयो । त्यसमा कुनै सत्यता थिएन ।’ राप्रपा र राप्रपा नेपालबीच आज एकीकरण गरिएसँगै चार बर्षपछि अलग भएका नेताहरु एक ठाउमा आएका छन् ।
FACEBOOK COMMENTS