काठमाडौं । बालगायिका कमला घिमिरेले गाएकाे पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेको थियो ।
उनको त्यस गित अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।सुमन परियारसँग मिलेर उनले गित गाएकि थिइन् ।
त्यसो त उनले गाएको गित जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको र त्यस गीतले पीडितलाई थप पीडा थप्ने काम गरेको उनीमाथि आरोप लागेको छ । त्यसै गितलाई लिएर कमलाले फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । कमला भन्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’
उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।
उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत(संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’
FACEBOOK COMMENTS