काठमाडौं । नेपालको पहिलो महिला सौन्दर्यविद कमला श्रेष्ठलाई आसियान युनिभर्सीटी इन्टरनेशनलले डाक्टर हनर्स कज (डा. एचसी) उपाधि प्रदान गरेको छ ।
विश्वविद्यालयले श्रेष्ठको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ ।
मलेसियामा आयोजित विशेष समारोहमा श्रेष्ठलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरिएको हो । यो विश्वविद्यालयले शिक्षा,समाज तथा विभिन्न क्षेत्रमार्फत योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानस्वरूप यो उपाधि प्रदान गर्दै आएको जनाएको छ।


कमला श्रेष्ठको जन्म सन् १९५९ मार्च २३ मा नेपालमा भएको हो । विश्वविद्यालयका अध्यक्ष प्रो. डा. सुहेन्द्र सिंह तथा चान्सलर प्रो. डा. सिर म्यानुएल फ्रेइरे गाराबाल वाइ नुनेज ले प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् ।

यो उपाधि नियमित शैक्षिक विद्यावारिधिभन्दा फरक रूपमा विशिष्ट योगदानको कदर गर्दै प्रदान गरिने मानार्थ उपाधि हो ।

उक्त सम्मानसँगै श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेकी छीन् ।

FACEBOOK COMMENTS