काठमाडौं । नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको छ ।
बैंकले १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेर स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।
उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृती पश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीको लागि आव्हान हुने र सम्वन्धीत नियामकिय निकायको स्वीकृती पश्चात स्टक एक्सचेञ्जमा सुचिकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।
FACEBOOK COMMENTS