काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
उक्त वार्षिक साधारणसभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ।
साथै, उक्त साधारणसभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ।
त्यसैगरी, सभाबाट बाह्रय लेखापरीक्षक एनबीएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।