काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामीदिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।
FACEBOOK COMMENTS