काठमाडौँ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक लि.द्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत श्री हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
साथै, बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदी र महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक श्री मिन बहादुर कुंवरले संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका थिए । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रम बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्री दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
FACEBOOK COMMENTS