३५ करोडको अग्राधिकार शेयर जारी गर्दै कामना सेवा विकास बैंक, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
कर्पोरट खबर
5:57 pm, आइतबार, माघ १३, २०८१
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको शेयर जारी गर्ने भएको हो ।
अग्राधिकार शेयर परिपत्र विधिबाट निष्कासन गर्नका लागि बैंकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
बैंकको पूरक पुँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त शेयरहरू परिपत्र विधिबाट निष्कासन गरिने जनाइएको छ ।
उक्त निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS