काठमाडौं। कामना सेवा विकास बैंकले १५औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ। बैंकको पर्वतस्थित डिमुवा शाखाले मोदी गाउँपालिका-३ गुरुङसेरामा रहेको विद्याज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री र डस्टबिन दिएको छ।
बैंकले सामाजिक कामलाई निरन्तरता दिने बैंकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारीले बताए। मोदी-३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षत्रीले सामाजिक कामले बैंकको सम्बन्ध समुदायसँग अझ बलियो हुने भनाइ राखे।
FACEBOOK COMMENTS