काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले स्थापित लुम्बिनी हस्पिटलमा कामना सेवाका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले १३५ शाखा कार्यालय, ७७ एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS