काठमाडौं । कामना सेवा विकास बैंकले ठूला करदाता कार्यालयमा दुई करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत आएको आर्थिक ऐन २०८० ले गरेको विशेष व्यवस्थाअनुरुप बैंकले करबापतको सो रकम ठूला करदाताको कार्यालयमा दाखिल गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिँदा तथा अन्य बैंकलाई प्राप्ती गर्दा प्राप्त रकम र फर्दर पब्लिक अफरिङ (एफपीओ) मा थप गरिएको प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी कर तिर्न आर्थिक ऐन २०८० ले गरेको व्यवस्थाविरुद्ध एनएमबि बैंकसहितका बैंकहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
तर, सो मुद्दाको निवेदन खारेज भएसँगै बैंकहरूले धमाधम कर तिर्न थालेका हुन् । यसैक्रममा कामना सेवा विकास बैंकले पनि ठूला करदाताको कार्यालयमा कर दाखिल गरेको हो ।
एनएमबि बैंकले बुझायो एकैपटक करिब दुई अर्ब रुपैयाँ कर
FACEBOOK COMMENTS