काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी पर्वतारोही शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल भएकोमा बैंकले उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको हो ।
सो सम्मान–पत्र बैंकका अध्यक्ष श्री चिन्तामणि भट्टराईज्यूले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गर्नु गरेका थिए ।
किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् ।