काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
सेभेन समिट ट्रेक्सक अनुसार उनले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।
उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।
FACEBOOK COMMENTS