काठमडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रको काममा अवरोध गर्नु अपराध भएको बताएका छन् ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘क्यान इन्फोटेक २०२५’ लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले गर्ने काममा हस्तक्षेप हुने गरेकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने धारणा राखे ।
अध्यक्ष अग्रवालले नेपालमा सूचना प्रविधि क्षेत्र विकासको क्रममा रहे पनि अहिलेसम्म व्यस्थित हुन नसकेको भन्दै सूचना प्रविधि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत व्यवस्थामार्फत यसको विस्तार र व्यवस्थापन गरिनुपर्ने बताए ।
यस्तै सरकारले हालै ल्याएका अध्यादेशमा आईटी उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने प्रावधान नेपालको आईटी क्षेत्र विकासका लागि कोसेढुंगा बन्ने विश्वास उनले व्यक्त गरे ।
उनले नेपालका युवाहरूमा सूचना प्रविधिसम्बन्धी आविष्कारको उच्च सम्भवना रहेकाले उनीहरूले सरकार र निजी क्षेत्रले प्रोत्साहन गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS