काठमाडौं । कान्तिपुर सिटी कलेजले ४३ औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुद्वारा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
प्रभातफेरी पुतलीसडक, न्यू प्लाजा, कालिकास्थान, डिल्लीबजार हुदैँ पुनः कलेजमा आई समापन भएको थियो । कार्यक्रममा एबिसी नेपालका अध्यक्ष मिना खत्रीले आफ्नो कक्षा कोठादेखि घर समाजमा महिला हिंसा हुन नदिई सभ्य नागरिकको भूमिका निभाउन विद्यार्थीलाई आग्रह गरिन ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख राजु कट्टेल, सह– क्याम्पस प्रमुख ई। भानु भक्त निरौला र प्रशासन प्रमुख राजिव तिमलसिनाले महिला हिंसालाई नगर्न र यस विषयमा जनचेतना हरेक दिन आफ्नो समाजमा फैलाउन विद्यार्थीलाई आग्रह गरे । यो विषयमा सबै आ–आफ्नो स्थानबाट जागरुक हुनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS