काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले क्यानडाको ब्रिटिश कोलम्बियास्थित सञ्चालन गरेको क्याफेमा गोलीबारी भएको छ ।
सीएनसी न्यूजले सरे प्रहरी सेवा (एसपीएस) लाई उद्धृत गर्दै न्युटन क्षेत्रको १२० स्ट्रिटमा अवस्थित क्याफेमा बिहीबार बिहान गोली चलेको उल्लेख गरेकाे छ ।
आक्रमणको समयमा क्याफेभित्र कर्मचारीहरू उपस्थित थिए ।
प्रहरीले घटनामा कसैलाई पनि गोली नलागेको तर क्याफेमा केही क्षति पुगेको जनाएको छ ।
क्याफेका झ्यालहरूमा गोलीका निशानहरू देखिएका छन् ।
यस सम्बन्धमा कपिल शर्माले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सरे प्रहरी सेवाले यो घटना अन्य घटनाहरूसँग सम्बन्धित छ कि छैन र सम्भावित उद्देश्य के हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ ।
कपिल शर्माले उक्त क्याफे एक हप्ताअघि मात्र सञ्चालनमा ल्याएका थिए ।
FACEBOOK COMMENTS