कपिलवस्तु । नेकपा एमालेको ११औं महाधिवेशन शनिबारदेखि सु हुदैछ । महाधिवेशन नजिकिदै गर्दा नेतृत्व चयनको रस्साकस्सी पनि उत्तिकै चर्किएको छ ।
पार्टी अध्यक्षमा केपी शर्मा ओलीले अझै एक कार्यकाल रहने इच्छा व्यक्त गरेपछि उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्ष प्यानल बनाएर चुनावी मैदानमा जाने देखिएको छ ।
यसैक्रममा एमालेले यस पटक युवा क्लस्टरबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने भएको छ । कम्तिमा १० प्रतिशत केन्द्रिय सदस्य ४० बर्षभन्दा मुनिको उमेर समुहबाट चयन गर्ने गरी एमालेले तयारी गरेको छ ।
पार्टीले युवा क्लस्टरबाट नेतृत्वमा स्थान दिने भएसँगै पार्टीका युवा कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैक्रममा कपिलवस्तुका एमालेका युवा नेता टुकलाल गैरेले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अनेरास्ववियु कपिलवस्तुको पुर्व अध्यक्ष हुदै अनेरास्ववियुको पुर्व केन्द्रीय स्थायी कमिटी सदस्य सदस्यको अनुभव हासिल गरेका गैरे हाल दुई कार्यकालदेखि एमालेको कपिलवस्तु जिल्लाको सचिवालय सदस्य रहेका छन् । कपिलवस्तुमा एमालेको संगठनलाई विस्तार गर्न पटक पटकका निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेलिरहेका गैरेले अब एमालेको केन्द्रको राजनीतिमा कदम बढाउने बताएका छन् । जेनजी आन्दोलनपछि समयले पनि अब हरेक पार्टीमा युवालाई अगाडी आउन भनेको बताउदै गैरेले युवाहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । अहिलेको कठिन समयमा पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने बताउने गैरेले महाधिवेशनले धरै भन्दा धेरै युवालाई समेटेर अगाडी बढ्नुपर्ने बताउछन् ।

एमालेले ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेको हुनाले केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न महाधिवेशनको हलबाटै युवा क्लस्टर राख्ने गर्ने तयारी गरेको छ । अहिले कम्तिमा १० प्रतिशत केन्द्रीय सदस्य युवा क्लस्टरबाट हुने भनिएपनि युवाहरुले यो प्रतिशत कम्तिमा २५ प्रतिशत हुनुपर्ने बताएका छन् ।

FACEBOOK COMMENTS