कपिलवस्तु । कपिलवस्तुका एमाले नेता बृजेश कुमार गुप्तले पार्टी छोडेका छन् । गुप्ताले जेनजी आन्दोलनपछि नयाँ जिम्मेवारीको बोध गराएको भन्दै आफुलाई अर्को बाटो अपनाउन बाध्य बनाएको बताउदै पार्टी छोडेका हुन् ।
उनले भनेका छन् ’देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु ।’
बृजेशले आफ्ना मतदातालाई प्रश्न गर्दै राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने भावना छ भने आफुलाई त्यो पनि स्वीकार्य रहेको उल्लेख गर्दै आफुसँग सपना र भिजन रहेको र समाजलाई राम्रो बनाउने सोच र योजना रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनी रास्वापा प्रवेश गर्न लागेको चर्चा चलिरहेको भएपनि उनले स्पष्ट जानकारी दिएका छैनन् । गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका बृजेश कपिलवस्तुको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यसँग केवल ३१७ मतले पराजित भएका थिए ।
FACEBOOK COMMENTS