काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन ।