काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो व्यवसायीहरू पेशाबाट पलायन हुने अवस्था आएको बताएका छन् ।
आज बिहीबार काठमाडौं मा भएको प्रि–बजेट छलफल कार्यक्रममा उनले अटो क्षेत्र धराशयी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सृजना भएको बताएका हुन् ।
अध्यक्ष चौधरीले अटो व्यवसायमा सुधार आउनुपर्नेमा राज्यले बेवास्था गर्दा थप समस्या सृजना भइरहेको भन्दै समग्र अटो व्यापार खस्किँदा व्यवसायीलाई मात्र नभई सरकारलाई समेत घाटा भइरहेको बताए ।
उनले सवारीसाधन बिक्री ईभीको मात्रै भएको भन्दै अन्य सवारी बिक्री हुन छोडिसकेको बताए । अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेको भन्दै बजेटमार्फत सरकाले बाहिर ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।
उनले सवारी पार्टपूर्जाको अवैध चोरी पैठारी रोक्न सरकारले कडाइका साथ काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
FACEBOOK COMMENTS