संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लाभर बिहीबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहीबार साँझबाट शुक्रबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू अवधिभर जिल्लाभित्र कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ । त्यस्तै प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, शव बाहन स्वास्थ्यकर्मीसहित अत्यावश्यक सेवाका सवारी साधन संचालनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।
FACEBOOK COMMENTS