धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार राति कर्फ्यु आदेश जारी गरेको छ । धनकुटामा आज बेलुकी ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले धनकुटा नगरपालिका क्षेत्रको उत्तरमा कागते, पूर्वमा खनियाबास, पश्चिममा औद्योगिकग्राम र दक्षिणमा चुलिवन क्षेत्रभित्र भेला, जुलुस, सभा, बैठक, घेराउ गर्न नपाउने सूचना जारी गरेको छ ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन एम्बुलेन्स, दमकल, शववहान,स्वास्थ्यकर्मी,सञ्चारकर्मी, पर्यटन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनमा सुरक्षाकर्मीको सहजीकरणमा आवागमन गर्न सकिने जानकारी दिएको छ ।
प्रशासनले यसअघि बुधबार बेलुकी ५ देखि बिहीबार बिहान ६ बजेसम्म पनि कर्फ्यु जारी गरेको थियो ।
FACEBOOK COMMENTS