काठमाडौँ– विराटनगरमा पहिलोपटक भन्सारको कस्टम यार्डसम्म आजबाट कार्गो रेल संचालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ।
रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ।
तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन।
बथनाह ( कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ। बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।
बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।
FACEBOOK COMMENTS