काठमाडौंमा कर्फ्यु लगाउने तयारी

काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि काठमाडौंमा कर्फ्यु लगाउने तयारी गरिएको छ । तीन कुने क्षेत्रमा आज भएको प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु लगाउने तयारी गरिएको हो । अहिले प्रदर्शनस्थल तीनकुनेमा खटिएका प्रहरीहरूले माइकिङ गर्दै कर्फ्यु लगाउने जानकारी दिइरहेका छन् ।