काठमाडौँ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले अहिलेकै गठबन्धनको निरन्तरता चाहेको बताएका छन्।
बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आज फेरि केहीबेरमा गठबन्धनको बैठक बस्ने जानकारी दिए।
‘गठबन्धन मुलुकको आवश्यकता हो। यही गठबन्धनलाई निरन्तरता दिन प्रधानमन्त्रीले चाहनुभएको छ,’ उनले भने, ‘आज फेरि गठबन्धनको बैठक बस्छ।’
उनले पार्टीहरूमा आन्तरिक बैठक गरेर पुन स् सत्ता गठबन्धनको बैठक बस्ने बताएका थिए।
आज बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भए पनि कुनै सहमति भएको छैन।
याे पनि:
राष्ट्रपतिका लागि पाैडेलकाे दाैडधुप, गगन समूहको दवाबले पोल्टाको पनि गुम्ने खतरा
गठबन्धनमा दरार: प्रचण्डले एमाले कार्ड फाल्दा गैरबाम सरकारको तयारीमा देउवा
FACEBOOK COMMENTS