काठमाडौं । नेकपा (एमाले)को ईश्वर पोखरेल पक्षको छुट्टै भेला सुरू भएको छ । पार्टीको ११औँ महाधिवेशन सकिएको दुई दिनपछि पोखरेल पक्षले शनिबार काठमाडौंको कार्की ब्याङ्क्वेटमा छुट्टै भेला राखेको हो ।
एमालेको राष्ट्रिय महाधिवेशन बिहीबार काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल पराजित भएका थिए । प्यानल नै बनाएर संस्थापन पक्षविरुद्ध चुनावमा उत्रिएको पोखरेल पक्षले पदाधिकारीमा दुई पदमा मात्रै विजयी हासिल गरेको थियो ।
लामो समयदेखि अध्यक्ष ओलीसँग असन्तुष्ट रहँदै आएको र चुनावमा हारेको पोखरेल समूहले भेलाको आयोजना गरेको हो । भेलामा पोखरेलसहित, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, कर्ण थापालगायत नेताहरू सहभागी छन् ।
FACEBOOK COMMENTS