काठमाडाैं । सरकारले १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा गरेकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णयअनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ७ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो ।
यस्तै, विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।
हेर्नुहाेस् सूची–



FACEBOOK COMMENTS