काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
कर्णालीले दिएको १३३ रन पछ्याएको जनकपुरले १९.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्बाधिक २० रन बनाए भने कप्तान हरमित सिंह र मोईन अलीले १९१९- रन बनाएका थिए । त्यस्तै जिम्मी निशामले १५ र मयन यादवले १४ रन बनाएका थिए ।
त्यस्तै कर्णालीका बलर उनीस ठकुरी र हुसैन तलतले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले सर्बाधिक ४३ रन बनाए भने पवन सराफले ३७, दीपक धामीले १३ र गुलशन झाले १२ रन बनाएका थिए । त्यसैगरी जनकपुर बोल्ट्सका बलर हरमित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २-२ तथा ललित राजबंशीले एक विकेट लिएका थिए ।

अब एनपीएल अन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ ।
