काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी रिहा भएका छन् भने अन्य तीन जनालाई कारागार चलान गरिएको छ ।
उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले दिएको आदेश अनुसार रिहा हुनेमा राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत छन् । दुई लाख रुपैयाँ धरौटीमा बुझाएर उनी रिहा भएका हुन् ।
यस्तै, कारागार चलान हुनेहरूमा कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय छन् ।
बैंकको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
यो प्रकरणमा तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।
FACEBOOK COMMENTS