काठमाडाैं । कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित भएका छन्।
सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाैँ बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गरेका थिए । प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई २४ मत प्राप्त भएको थियो । त्यस्तै नेपाली कांगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ रहे ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट सो पार्टीको समानुपातिकमा निर्वाचित भएका हुन् । प्रदेशसभाको अर्को बैठक यही माघ ६ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।
FACEBOOK COMMENTS