काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशमा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन् । प्रदेशमा संचालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार २ सय ४८ पुगेको नेपाल अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८/७९को असार मसान्तसम्म प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ६.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा असार मसान्तसम्म ५२.२६ प्रतिशतले घटेको औद्योगिक कर्जा ३ अर्ब ६७ करोड ४७ लाख ५० हजार रहेको छ ।
उक्त प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा विपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले उल्लेखनीय रुपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन नसकेको अध्ययनले देखाएको छ ।
असार मसान्तसम्म सुर्खेत जिल्लाले सबैभन्दा धेरै २ अर्ब २९ करोड ७९ लाख ६० हजार औद्योगिक कर्जा उपभोग गरेको छ । यस्तै सबैभन्दा कम १ करोड ६० लाख ३० हजार) डोल्पा जिल्लाले उपभोग गरेको अध्ययनले देखाएको छ ।
FACEBOOK COMMENTS