काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर राउत निर्विरोध निर्वाचित भएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहेका राउत नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समूहका हुन् ।
यसअघि गण्डकी प्रदेशमा चन्द्र ढकाल समूहका नरेश कँडेलको प्यानलै निर्विरोध निर्वाचित भइसकेको छ ।
एफएनसीसीआईको साधारण सभा आगामी २९ र ३० गते तोकिएको छ । केन्द्रमा अध्यक्ष चन्द्र प्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छट्टाछुट्टै समूह निर्माण गरी निर्वाचन प्रचार–प्रसारलाई तीव्रता दिइरहेका छन् ।