काठमाडौँ । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
कर्णाली प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेशको ४ खेलमा ७ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको ४ खेलमा ३ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS