काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ ।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
FACEBOOK COMMENTS