कोलम्बो । मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिएका छन्।
संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताएका छन् ।
श्रीलङ्का सरकारले भन्सार विभाग, अन्त:शुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिएका छन् ।
सन् २०२४ माघमा भन्सार विभागले १२१ अर्ब, अन्त:शुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उनले बताएका छन् ।
राज्यमन्त्रीले राजस्व वृद्धिले अन्तत: देशका सबै जनतालाई फाइदा पुग्ने धारणा राख्नु भएको छ । उनले संसद्मा जनवरीमा मुद्रास्फीति ६ दशमलव ४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिएका छन् । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।
FACEBOOK COMMENTS