रूपन्देही । राजनीतिक घटनाक्रम फेरिएसँगै कार्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ ।
जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भएको छ ।
०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ ।
प्रतिनिधिसभा विघटन भइसकेको नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक१७ को निर्धरित उपनिर्वाचन स्वत: रद्ध हुने निर्वाचन आयोग जनाएको छ ।
दलहरूबीच उपनिर्वाचनमा गठबन्धन बनाउने र उम्मेदवारका नाम सार्वजनिक गर्ने कुरा समेत चर्चामा थियो ।
तर निर्वाचन स्वत: रद्द भएपछि दलहरूको तयारी पनि अर्थहीन बनेको छ ।
निर्वाचन आयोगका अधिकारीहरूले संवैधानिक व्यवस्था बाधक बनेको प्रष्ट पारेका छन् ।
FACEBOOK COMMENTS