काठमाडौं । बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्ष दलका का शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
सहकारी ठगीको विषयमा छलफल गर्न शनिबार बस्ने कार्यदलको बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको छ ।
शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहति एमालेका अध्यक्ष केपी ओली लगायत कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए ।
FACEBOOK COMMENTS