कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।
माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीया सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन् ।
उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।
त्यसको आधा घण्टापछि पुनः पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS