काठमाडौं । आज काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ।
आइक्यू एअरले आइतबार बिहान गरेको मापन अनुसार काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जंगलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।
वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ र तेस्रो स्थानमा पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।
FACEBOOK COMMENTS