काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहाेर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ।
प्लास्टिकजन्य फोहाेरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए ।
महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहाेर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे। उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरे।
FACEBOOK COMMENTS