काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अर्थतन्त्र उकालो नलागेता पनि ओरालो पनि नलागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने निजी क्षेत्रलाई लगानी मैत्री वातावरण दियौँ भने मुलुक समृद्धि तिर जान्छ । त्यस्तै उनले निजी क्षेत्रले राजनीतिलाई चल्न दिँदैनौ भन्ने धारणा छाड्न नसके मुलुक समृद्धि तर्फ नजाने बताएका छन् । उनले भने निजी छेत्रले हरेक चिज गर्न सक्दैन सरकारले मात्र ऐन नियम कानुन हेर्ने हो । पर्यटन कृषि क्षेत्रलाई अगाडि नबढाए देश समृद्धि तिर जाँदैन । निजी क्षेत्रलाई अगाडि नबढाए हामी डुब्छौँ । मुलुक सङ्कट ग्रस्त छ भन्दा भन्दै मुलुक सङ्कट ग्रस्त छ भन्ने भान सबैमा परेको छ ।यो छाड्नु पर्छ ।
FACEBOOK COMMENTS