काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अहिले भावि राष्ट्रपतिका लागि चर्चामा छ । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको ललिपप बरिष्ठ नेता पौडेललाई देखाइसकेका छन् ।
प्रचण्डले गठबन्धनकै सरकार बनेको खण्डमा राष्ट्रपतिमा पौडेललाई सहयोग गर्ने बाचा समेत गरिसकेका छन् । राष्ट्रपतिको उक्त ललिपपको गन्ध पाएका पौडेल यतिबेला गठबन्धन नटुटोस भनेर दौडिरहेका छन् । उनी यतिबेला प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलाउनमा ब्यस्त छन् । सोहि क्रममा उनी सनिबार प्रचण्डलाई भेटन खुमलटर नै पुगे ।
सत्ता समिकरण र नयाँ सरकार गठनबारे छलफल भएको पौडेल निकट एक नेताले बताए ।
यदि पहिलो चरणमा नै प्रधानमन्त्री नपाएको खण्डमा गठबन्धनमा नरहने प्रचण्डले पौडेललाई स्पष्ट पारे। प्रचण्डको यो कुराले तनावमा रहेका पौडेल देउवालाई दवाब दिन थालेका छन् । तर, देउवा भने प्रचण्डलाई इग्नोर गरेर अघि बढ्ने संकेत देखाएका छन् । देउवा माओवादी बाहेकका अन्य सानादललाई मिलाएर भएपनि सरकार गठन गर्नेमा ढुक्क देखिन्छन् ।
देउवाले कुनै हालतमा पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नदिने संकेत देखाएका छन् ।
यता कांग्रेसकै इतरपक्ष मानिन् शेखर कोइरला तथा गगन थापा गुटले पनि देउवालाई यतिबेला अनावश्यक दवाब दिइरहेको छ । शेखर-गगन समूहले सरकार र राष्ट्रपति दुवै कांग्रेसकै भागमा पार्न दवाब दिइएको छ । तर, देउवालाई अहिले राष्ट्रपतिको भन्दा पनि प्रधानमन्त्रीको पद नै महत्वपूर्ण रहेको छ ।
इतर पक्षले भने प्रचण्ड भड्किएर एमालेसँग मिलेपनि केहि फरक नपर्ने मनसायले देउवालाई दवाबसँगै उचालि रहेको छ । तर, देउवालाई भने प्रधानमन्त्रीको लोभले बाँधेको छ ।
यता प्रचण्ड भने पहिलो चरणमा जस्ले प्रधानमन्त्रीमा सहयोग गर्छ उसैसँग मिल्ने स्पष्ट पारिसेका छन् । यस्तो अवस्थामा देउवाले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाएर दोस्रो चरणमा आँफु प्रधानमन्त्री बन्दा राष्ट्रपति पनि कांग्रेसकै भागमा पर्ने थियो । तर, उनी यसबारे किन सोचिरहेका छैनन् भन्ने अहिलेको ठुलो प्रश्च हो । उतलाई शेखर-गगन पक्षले उचालेर थेचारर्ने दावउमा रहेको कांग्रेका केहि नेताहरुले नै बताएका छन् । ‘सरकार कांग्रेसकै बनेपनि आँफु प्रधानमन्त्री बन्न नपाउँनै भएपछि गगन दाइहरुले सभापतिलाई उचालिरहनु भएको छ । प्रधानमन्त्री पहिलो चरणमा नै कांग्रेसले पाउँनुपर्छ भन्दै उहाँहरुले सभापतिलाई मेन्युप्लेट गरिरहनु भएको छ ।’ देउवा निकट एक नेताले बताए ।
जसले उचालेपनि देउवाले यसबारे बेलैमा होस नपुर्याए भुँइको पनि नपाउँने र पाेल्टाको पनि गुम्ने निश्चत छ । तसर्थ यतिबेला देउवा चनाखुहुन् जरुरी छ ।
FACEBOOK COMMENTS