काठमाडौं । १० वटा सङ्घीय निर्वाचन क्षेत्र रहेको काठमाडौंका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारहरू विजयी भएका छन् ।
घोषित परिणाम अनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना), काठमाडौं–२ मा सुनील केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम र काठमाडौं–५ मा सम्मित पोखरेल विजयी भएका छन् ।
यसैगरी, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन् ।
प्राप्त परिणाम अनुसार काठमाडौं–१ मा रञ्जु दर्शना १५ हजार ४५५ मतका साथ विजयी हुँदा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाए । काठमाडौं–२ मा सुुनील केसी ३४ हजार २३८ मतका साथ विजयी हुँदा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कवीर शर्माले आठ हजार ८७७ मत पाए ।
यस्तै, काठमाडौं–३ मा १८ हजार ७५७ मतका साथ राजुनाथ पाण्डे विजयी हुँदा निटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत पाए । काठमाडौं–४ मा २१ हजार १४२ मतका साथ पुकार बम विजयी हुँदा नेपाली कांग्रेसका सचिन तिमल्सेनाले आठ हजार ८२४ मत पाए ।

काठमाडौं–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतका साथ विजयी हुँदा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत पाएका छन् । काठमाडौं–६ मा २७ हजार ७११ मतका साथ शिशिर खनाल विजयी हुँदा निटतम प्रतिस्पर्धीनेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६५१ मत पाए ।

काठमाडौं–७ मा २७ हजार ८०५ मतका साथ गणेश पराजुली विजयी हुँदा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले जम्मा तीन हजार ९८२ मत पाए । काठमाडौं–८ मा २४ हजार ५९२ मतका साथ विराजभक्त श्रेष्ठ विजयी हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत पाए ।

यसैगरी, काठमाडौं–९ मा ३५ हजार ९३ मतका साथ डोल प्रसाद अर्याल (डीपी) ले विजयी हासिल गर्दा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोलाले पाँच हजार ४६० मत पाइन् । र, काठमाडौं–१० मा ३७ हजार ४६९ मतका साथ प्रदीप विष्ट विजयी हुँदा निटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत प्राप्त गरेका छन् ।

रास्वपा निर्वाचित भएको यी १० मध्ये नौवटा क्षेत्रमा नेपाली कांग्रे र एउटा क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रतिस्पर्धामा रहे । तर, नेकपा एमालेका उम्मेदवार भने प्रतिस्पर्धामा समेत देखिएनन् ।
FACEBOOK COMMENTS