काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई जरिवाना गराउने भएको छ ।
आज काठमाडौं महानगरपालिका वडा १ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेको भन्दै जरिवाना गराउने जनाएको छ ।
महानगरले एमालेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख जरिवान गरिएको जनाएको छ ।
एमालेको काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभा गरेको थियो ।
FACEBOOK COMMENTS