काठमाडौंको महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरूलाई हटाएको छ ।
धर्नामा बसेकाहरूको सबै सामानहरू निकालेर उनीहरूलाई धर्नास्थलबाट हटाएको हो ।
शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ ।
धर्नाका बसेकाहरूले भने महानगरको कदमको विरोध जनाएका छन् । राज्यलाई आफूहरूको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना जानकारी हटाइएको उनीहरूको भनाइ छ ।
FACEBOOK COMMENTS