काठमाडौं । काठमाडौं महानगरपालिकाको क्यान्टिनमा बासी खाना पाइने गरेको छ । महानगरले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनमा बासी खाना पाइएपछि ५० हजार जरिवाना गरिएको छ ।
महानगरको कार्यालयमा रहेको नारायणी चमेना गृहलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गराएको हो । क्यान्टिनमा पकौडा तथा खाना बासी खुवाउने गरेको पाइएको छ ।
उक्त क्यान्टिनको विषयमा मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएकोजस्ता गुनासाहरु आएका थिए ।
अनुगमनपछि जरिवानासँगै उक्त क्यान्टिनलाई खाना बनाउन प्रयोग गरिने तेल बढिमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वच्छ खानेकुरा उपलब्ध गराउन तथा बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको झाले जनाएका छन् ।
FACEBOOK COMMENTS