काठमाडौं । काठमाडौं महानगपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि आर्थिक ऐन ल्याएको छ । ऐन अनुसार काठमाडौं उपत्यका भित्र जग्गको सबैभन्दा बढी मूल्य प्रति आना ५० लाख रुपैयाँ रहेको छ ।
न्युरोड, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार लगायतका क्षेत्रको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ रहेको छ ।
केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ रहेको छ ।
माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल, कान्ति पथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
महानगरले जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ निर्धारण गरेको छ । यसै गरी, रत्नपार्क, पुरानो बसपार्क, सहिद गेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS