कठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज (डीआई) नराख्न सबै स्कुललाई निर्देशन दिएको छ ।
महानगरले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने जनाएको छ ।
डीआईले शारीरिक सजायसमेत दिने गरेको विषयमा पटक पटक गुनासो आएको भन्दै डीआई नराख्न निर्देशन दिएको छ । कतिपय विद्यालयले डीआई राखेर विद्यालयमा आतंक नै सृजना समेत गर्ने गरेका थिए ।
FACEBOOK COMMENTS