काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारास्थित काठमाडौं मल ३० दिनभित्र खाली गर्न भाडावाल दिवा सपना जेभीलाई सूचीत गरेको छ ।
कोष र श्री दिवा सपना जेभीबीच २०७६ माघ ६ गते भएको सम्झौता नवीकरणमा भाडावाल दिवा सपना जेभीले पहल नगरेको भन्दै कोषले आजको मितिले ३० दिनभित्र तिर्नुपर्ने बाँकी भाडा तिरेर भवन खाली गराउन सूचीत गरेको हो ।
‘ कोष र तपाईंबीच घर भाडामा दिने/लिनेसम्बन्धी सम्पन्न भाडा सम्झौतालाई निरन्तरता दिने सम्बन्धमा मिति २०८०/१२/१६ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार करार सम्झौतालाई निरन्तरता दिनेतर्फ तपाईंले कुनै पहल नगरेको कारण मिति २०७६/१०/०६ मा सम्पन्न भाडा सम्झौता मिति २०८१/०१/१६ गतेबाट अन्त्य भएको व्यहोरा जानकारी गराइन्छ,’ गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी कोषले भनेको छ, ‘घर भाडामा दिने/लिने सम्बन्धमा सम्पन्न सम्झौताको प्रकरण १३ (ग) बमोजिम यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र कोषलाई तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गरी आफ्ना सामानहरू हटाई पूरै भवन खाली गरी कोषलाई विधिवत रूपमा हस्तान्तरण गर्नु होला । सो अवधिसम्म पूरै भवन खाली नगरे नगरेको अवधिसम्म भाडा सम्झौताको प्रकरण १० (ख) बमोजिम तत्काल कायम रहेको मासिक भाडामा २५ प्रतिशत थप भाडा लाग्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
FACEBOOK COMMENTS